October 12, 2020
0 Comments
- छनोट गरिएको बालीको जरा कम फैलने, कम गहिराईमै सीमित रहने, छिटै ताजा तरकारी दिने तथा लामोसमयसम्म बाली प्राप्त हुने खालको हुनुपर्छ ।
- बोट पनि धेरै नझाङ्गिने बाली हुनुपर्छ ।
- छायाँ भएको ठाउँमा सागबाली लगाउनुपर्छ ।
- लहरे तरकारीहरूलाई थाँक्राको व्यवस्था गर्नुपर्छ ।
- खुल्ला छतमा माटो वा अन्य खेती गरिने माध्यमको व्यवस्थापन गर्नुपर्छ ।
- बालीको छनौट, सिचाई वा पानीको व्यवस्थापन, पानीको निकासाको प्रबन्ध, सूर्यको प्रकाशको ध्यान तथा उपयुक्त आकारका भाँडा, गमला आदिको प्रयोग गर्नुपर्छ ।
- ३० से.मी. गोलाइ र ३०–४५ से.मी. गहिराईको संरचना भाँडाहरूको प्रयोग गर्नुपर्छ ।
- खेती गरिने ठाउँ, छत, कौसी, बरण्डा वा अन्य निर्माण स्थलले के कति तौल थाम्न सक्दछ सो कुराको विचार गरेर मात्र खेती योजना बनाउनु पर्दछ ।
- खेती गरिने ठाउँ, उपलब्ध भाँडा वा संरचना आदिको आधारमा तरकारी बालीको छनोट गर्नु पर्दछ ।
- घरको बरण्डामा भन्दा छतमा हावाहुरीको चाप बढी हुने हुँदा, बाली लगाउँदा छतको पर्खाल (गर्ड–रेल्स) भन्दा भित्र लगाई, टेका दिई बिरूवा बाँध्नु पर्दछ ।
- घरको सतह वा बरण्डाको भन्दा छतको तापक्रम बढी हुने हुँदा निरन्तर बाली लिनका लागि खेती स्थानमा चिस्यान कायम राख्नु पर्दछ ।
- आकासे पानीबाट छतमा लगाइएका तरकारी बालीहरूलाई बचाउनको लागि खोल्न र बन्द गर्न मिल्ने खालको प्लास्टिकको गुमोज बनाउनु राम्रो हुन्छ ।
- कौसी, छत वा बरण्डाको भार वहन क्षमता विचार गेर मात्र कौसी खेती गर्नुपर्दछ ।
- कौसी खेतीको लागि प्रयोग गरिने बाकस, गमला वा बोराहरुले ढलानमा सर्दी सार्न सक्ने भएकोले यी भाँडाहरुमा खेती गर्दा भुईबाट केही उठाएर वा प्लाष्टिक जस्ता ओस नसर्ने सतह लगाउनु पर्छ ।
# साभार: कृषि गुरु Krishi Guru